बारामा चोरीको मोटरसाईकलसहित एक जना पक्राउ
छहारी संवाददाता
कार्तिक १५, २०७८
प्रहरीले चोरीको मोटरसाईकलसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बारागढी गाउँपालिका–६ हंगोलिया टोल बस्ने ४५ वर्षिय मेदु प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । गत शनिबार कोल्हबी नगरपालिका–१ खैरा स्थित स्कुलको प्राङगणमा भलिबल प्रतियोगिता भईरहेको स्थानबाट मोटरसाईकल चोरी भएको थियो ।
सो मोटरसाईकलको नम्बर परिवर्तन गरी ल्याएको छ भनी प्राप्त सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, कोल्हबीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । मोटरसाईकलसहित पक्राउ परेका चौधरीविरुद्ध चोरी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।







