जी-२० शिखर सम्मेलनमा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति
विश्वका ठूलो अर्थव्यवस्था भएका देशहरुको समूह जी-२० मा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति भएको छ ।
जी-२० का नेताहरुले विश्वमा भइरहेको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित राख्न सार्थक एवं प्रभावकारी योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
इटलीमा दुई दिनसम्म भएको जी २० शिखर सम्मेलनमा जलवायु परिवर्तनका विषयमा छलफल भएको हो ।
नेताहरुले जलवायु परिवर्तनका कारण समस्यामा परेका गरिब तथा विपन्न देशलाई सहयोग गर्न एक सय अर्ब डलर जुटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
यसैबीच, स्कटल्यान्डकाे ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन कोप २६ मा आजदेखि विश्वका नेताहरूले छलफल र बहस थाल्दै छन् । साभारः उज्यालो अनलाइन ।







