साताको पहिलो दिन आइतबार तीनसय घट्यो सुनको मूल्य

छहारी संवाददाता
कार्तिक १४, २०७८

साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तीन सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*