नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु
कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
कैलालीको भजनी नगरपालिका–३ ढुसीका लायकराम चौधरीका १० वर्षीया छोरा अरविन्द्र र नरेन्द्र निसादका १३ वर्षीय छोरा धनञ्जयको काडाँ नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार दुबै जना नदीमा नुहाउने क्रममा डुबेका हुन् ।







