मकवानपुरमा शनिबार २ जना कोरोना संक्रमित थपिए
 
 मकवानपुरमा शनिबार २ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २४ जनाको एण्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । अहिले सक्रिय संक्रमितको संख्या ९२ जना पुगेको छ कार्यालयले जनाएको ।
हाल संस्थागत आइसोलेशनमा ५ जना, होम आइसोलेशनमा ८७ जना रहेका छन् ।

 
			     
			     
			     
			     
			     
			    




