बारामा निः शुल्क आँखा तथा दन्त शिविर, १२० जनाले लिए सेवा

छहारी संवाददाता
कार्तिक १३, २०७८

सामुदायिक प्रहरी सेवा कार्यक्रम अन्तर्गत बारामा निः शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय, प्रसौनी र बिरगंज सामुदायीक आँखा केन्द्र पर्साको संयुक्त आयोजनामा शिविर सम्पन्न गरिएको हो । प्रसौनी गाउँपालिका–३ नौतनमा ईलाका प्रहरी कार्यालय प्रसौनीको प्राङ्गणमा आज सम्पन्न सो शिविरमा ७० महिलासहित १२० जनाले सेवा लिएका छन् । सो कार्यक्रममा आँखा केन्द्रका डाक्टर महेश सिंह धामी र प्रिंयका साहले सेवा दिएका हुन् ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही, प्रहरी नायब उपरीक्षक गौतम मिश्र, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादव, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली बीरगंजका अध्यक्ष राम शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्र बाराका कोषाध्यक्ष लुकेश सिंहलगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*