नौलो विहानी कृषि सहकारीको एघारौं बार्षिक साधारणसभा सम्पन्न
हेटौंडा ६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारण सभामा संस्थाका अध्यक्ष भरत सापकोटाले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै ऋण उपसमिति संयोजक डोर बहादुर अधिकारीले ऋण उपसमिति प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य यसोधा भट्टराईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा भएको भेलामा उत्कृष्ट बचतकर्ता झलक कुमारश्रेष्ठ, उत्कृष्ठ कारोबारी मदन कुमार दंगाल र चन्द्र कुमार महर्जन, व्यवसायीक कृषकका रूपमा बालकृष्ण चौलागाई र सत्य देवी राईलाई सम्मानित गरिएको थियो ।

भेलामा कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी,रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल,संस्थाका सल्लाहकार विष्णु ढुंगाना,जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष श्याम प्रसादभट्टराई,मक्राञ्चुली साझा सहकारीका अध्यक्ष रामहरी न्यौपाने, वशंगोपाल दुग्ध उत्पादक सहकारीका अध्यक्ष श्याम न्यौपाने, संस्थाका सचिव किशोर न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । साभारः प्रष्टखबर डटकम ।







