नेप्सेको सीईओका लागि दरखास्त आह्वान

छहारी संवाददाता
कार्तिक १३, २०७८

नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतका लागि सरकारले दरखास्त आह्वान गरेको छ । खुला प्रतिष्पर्धामार्फत सीईओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै अर्थमन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

योग्य आवेदकहरुलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालिन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहिन बनेको थियो ।

बुक बिल्डिङमार्फत साधारण शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर साउदको श्रीमतीको नाममा भेटिए पछि उनी बिवादमा तानिएका थिए ।

सर्वोत्तमकै शेयर खरिद बिवादमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भने सरकारले बर्खास्त गरेको थियो । बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि पनि सरकारले दरखास्त आह्वान गरिसकेको छ । साभारः अनलाइन खबर डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*