हेटौंडा ८ कमानेमा साथी मार्टको ७८ औं शाखा उद्घाटन
हेटौंडा उपमहानगरपालिका ८ कमानेमा संचालनमा आएको साथी मार्टको शनिबार औपचारिक उद्घाटन गरिएको छ ।
कमानेको निमचोकमा साथी मार्टको ७८ औं शाखाको आज वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ र हेटौंडा लेडी जेसिजका अध्यक्ष प्रतिमा श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

एक करोड लागतमा डिआरजे ग्रुप लिमीटेडले संचालनमा ल्याएको मार्टमा दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न सकिने मार्टमा संचालक रामु सिग्देलले जानकारी दिनुभयो । मार्टमा चाडपर्वका अवसरमा विषेश छुटका साथ खाध्य सामग्रीहरु विक्रिवितरण भइरहेको उहाँले बताउनुभयो ।
उहाँले हरेक खरिदमा २ देखि १० प्रतिशतसम्म छुट दिनुका साथै एक हजार भन्दा माथीको खरिदमा स्क्र्याच अफर समेत रहेको बताउनुभयो । स्क्र्याच अफरमा लक्की ड्रबाट टिभी, फ्रीज, वासिङमेसिन उपहार राखिएको संचालक सिग्देलले जानकारी दिनुभयो ।
ग्राहकको सविधालाई ध्यानमा राखेर छिट्टै अन्य वडाहरुमा समेत साथी मार्टको शाखा संचालनमा ल्याउने उहाँको भनाई छ ।







