हेटौंडाको मयुरधापमा निशुल्क आँखा शिबिर

छहारी संवाददाता
कार्तिक १३, २०७८

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मयुरधापमा निशुल्क आँखा शिबीर गरिएको छ ।

हेटौंडा–१४ वडा कार्यालय, हेटौंडा सामुदायिक आँखा अस्पताल र शाग्रीला डेभलपमेन्ट बैक लिमीटेड हेटौंडा शाखाको सहकार्यमा आँखा शिबीर गरिएको हो । बैकको १७ औं वार्षिक उत्सबकाअवसरमा गरिएको बिशीरमा २ सय जनाले आँखा जाँच गराएका छन् ।

शिबीरमा जाँच गरिएका मध्यमा मोतिया विन्दुभइ अप्रेसन गर्नुपर्नेहरुलाई पनि आँखा अस्पतालले निशुल्क रुपमा अप्रेशनको व्यावस्था मिलाएको छ । शिबीरमा हेटौंडा–१४ का वडा अध्यक्ष दिपकखड्का, बैकका शाखा प्रवन्धक रुपक मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*