चाँदीका गरगहनासहित वीरगंजबाट एक जना पक्राउ

छहारी संवाददाता
कार्तिक १३, २०७८

पर्सा । प्रहरीले चाँदीका गरगहनासहित वीरगंजबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१ बस्ने ३९ वर्षिय रामबाबु साह सोनार छन् ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले बिहीबार बिहान उनलाई पक्राउ गरेको हो ।
वीरगंज–१७ अलौ सिर्सियामा भारत रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको बीआर २२ एसि ४०९९ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उनको साथबाट चाँदीबाट बनेको तयारी गरगहनाहरू १ के.जी.४५ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उक्त गहनासहित सोनारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*