जबरजस्ती करणी आरोपमा बाराका एक जना पक्राउ

छहारी संवाददाता
कार्तिक १३, २०७८

पर्सा । १९ वर्षिय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२१ बस्ने ३८ वर्षिय जाहिर अन्सारी छन् ।

बारा घर भई उच्च शिक्षाको लागि बीरगञ्जमा डेरा लिई बस्दै आएकी ती युवतीलाई आफू अविवाहित रहेको भनी झुक्याएर प्रेम सम्बन्ध गाँसेको प्रहरीको भनाई छ । उनले विवाह गर्ने प्रलोभन देखाएर २ वर्षदेखि ती युवतीलाई पटकपटक करणी गर्नुका साथै मोबाइलबाट अश्लील फोटो र भिडियो खिचेको समेत प्रहरीको दाबी छ ।

गत असोज २७ गते राती युवती एक्लै भएको मौका छोपेर उनको डेराकोठामा गई अश्लील फोटो र भिडियो सार्वजनिक गरी भाइरल गरिदिने भनी डरत्रास देखाएर जबरजस्ती करणी गरेको भनी पिडितले बिहीबार जाहेरी दिएको हो । सोही जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले सोही दिन अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*