बालिका बलात्कार प्रयास आरोपमा वीरगंजका २ जना पक्राउ
पर्सा । प्रहरीले १६ वर्षिय बालिकालाई बलात्कार प्रयासको आरोपमा वीरगंजका २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२१ बस्ने २० वर्षिय बिकर ठाकुर हजाम र २५ वर्षिय अनिल महतो कोईरी रहेका छन् ।कार्तिक ९ गते १६ वर्षीया बालिका ट्युसन पढ्न जाने क्रममा बाटो ढुकेर बसेका उनीहरुले जबरजस्ती फोटो स्टुडियोभित्र लगेर उनलाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
बिहीबार बालिकाले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले सोही दिन साँझ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध जबरजस्ती करणी उद्योग कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।







