चक्कु प्रहार गरी युवकको हत्या, एक जना पक्राउ
धनगढी । कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ ।
टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
एसपी अधिकारीका अनुसार चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।
चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । साभारः अनलाइन खबर डटकम ।







