अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गरिने

छहारी संवाददाता
कार्तिक १३, २०७८

देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

कडाइ गर्नका लागि नाकामा सीसीटीभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय भएको छ । नाकामा हुँदै आएको स्वास्थ्य जाँचलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ ।

बैठकमा नेपालमा अफगानी नागरिक र अन्य देशका नागरिक के कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्री एवं गृह मन्त्री बालकृष्ण खाडलाई ब्रिफिङ गरेका छन् ।

गृहमन्त्री खाडले अनधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न निर्देशन दिनुभएको छ । गएको आठ गते काठमाण्डौको सिनामङ्गलबाट ११ जना अफगानी शरणार्थीलाई पक्राउ परेका थिए। साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*