तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा मुक्तान

छहारी संवाददाता
कार्तिक १२, २०७८

तामाङ पत्रकार संघ मकवानपुरको तेस्रो अधिवेशनले जयराम मुक्तानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्षमा सुनु थिङ, सचिव सन्देश थिङ, कोषाध्यक्ष भुवन घलान, सह– सचिव सुनसानी थिङ लगायतका चयन हुनु भएको छ । यसैगरि सदस्यहरुमा रबिन्द्र वाईवा, ईमान घलान, मेनुका बल र जमुना थिङ चयन हुनु भएको छ । कार्यक्रम हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख आथित्यमा भएको थियो ।

कार्य्रकममा बोल्दै उपमेयर लामाले तामाङ पत्रकारिता उत्थानको लागि उपमहानगरपालिका सहयोग गर्न संधै प्रतिबद्ध रहेको बताउनुभयो । मकवानपुर जिल्ल तामाङहरुको बाहुल्यता भए पनि निरन्तर रुपमा पत्रकारिता गरिरहेको तामाङ पत्रकारको संख्यामा निकै कमि भएको उहाँको भनाई छ ।

संघका कार्यबाहक अध्यक्ष जनक लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिला कुमार घलान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान, तामाङ पत्रकार संघका केन्दिय सदस्य दुदु माया सिन्तान, नेपाल आदिबासि जनजाति पत्रकार महासंघ ९फोनिज० मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, सचिव नवराज वाईवा, तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श सिं थोकर र तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अधिवेशनको अवसरमा तत्कालिन तामाङ सञ्चार समुह मकवानपुरका सस्थापक अध्यक्ष आदर्श सिं थोकरलाई सम्मान गरिएको थियो । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिको रुपमा भने केन्द्रिय प्रतिनिधिको रुपमा आदर्श सिं थोकर, जनक तामाङलाई छनौट गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*