हेटौंडा कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्ड तीन दिन दैनिक ४ घण्टा बन्द हुने

छहारी संवाददाता
कार्तिक १२, २०७८

हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंत जाने कुलेखानी सडकखण्डमा दैनिक ४ घण्टा सवारी आवतजावत बन्द हुने भएको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयले बिहिबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्ड स्तरोन्नतीका लािग तीन दिन केही घण्टा आवतजावत बन्द हुने जानकारी गराएको तुखबरले लेखेको छ ।

निर्देशनालयका निमित निर्देशक डा। सहदेव भण्डारीद्वारा जारी सूचनामा भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बिचको एघार घुम्ती क्षेत्रमा सडक सांघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कंक्रिट पेभमेन्ट कार्य हुने भएकोले तीन दिन ४ घण्टा सवै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्याक्टर) का सवारी  आवतजावतमा रोक लगाउने भनिएको छ ।

निर्देशनालयले भोलि कात्तिक १३ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधनमा रोक लगाइएको हो । साथै निर्देशनालयले सम्पूर्ण सवारी साधनहरुको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बन्धित निकायहरुमा समन्वय गरी निर्माण कार्यमा सहयोग पुर्यादिन सबैलाई आग्रह समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*