पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

छहारी संवाददाता
कार्तिक १२, २०७८

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहने जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन। शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। जसअनुसार पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना छ। त्यसैले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार शुक्रबार राती देशको पहाडी भूभागमा आंशिक बदली रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*