बकैया गाउँपालिकाका विद्यार्थीहरुलाई उद्घोषण तथा व्यक्तित्व विकास तालिम
मकवानपुरको बकैया गाउँपालिकामा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु भएको छ । बकैया गाउँपालिका सामाजिक विकास शाखाको आयोजना २ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिमको एक कार्यक्रमका बिच सुरू गरिएको हो ।
कक्षा ११ र १२ का विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा बकैया गाउँपालिका वडा नम्बर ३ मा रहेको बुद्ध माविका ५५ जना विद्याथीहरुकोे सहभागिता रहेको महिला तथा बालबालिका शाखाका प्रमुख कविता शर्माले जानकारी दिनु भयो । अझै पनि सामाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस तालिमको आयोजना गरिएको हो ।
तालिम सञ्चालनको पहिलो दिन सहभागीहरुलाई उद्घोषण सम्बन्धी विभिन्न विषयमा तालिमका प्रशिक्षक तथा हजुरको खबरका सम्पादक रुपक कालिराजले प्रशिक्षण दिनु भएको थियो । आफूहरुलाई मध्यनजर गरी सञ्चालन गरिएको तालिमले थप आत्मविश्वास बढाउने अपेक्षा लिएको तालिममा सहभागीहरुले बताएका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले अब विद्यार्थीहरुको बिचबाट कार्यक्रम संचालन गर्न उद्घोषक उत्पादन गर्नु यस कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो । बोलखेले पालिकाले यो नयाँ अभ्यास गरेको भन्दै मानिसहरुको बिचमा उभिएर उद्घोषण गर्न सक्ने व्यक्तिहरु ब्यापक बनाउनु आवश्यक रहेको बताउनु भयो । कार्यक्रमलाई प्रभावकारी कसरी बनाउने भन्ने उद्घोषकको हातमा हुनेहुँदा कुशल उद्घोषक बन्नको लागि आग्रह गर्नु भयो । उहाँले आउंदा दिनहरूमा पनि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले महत्वपुर्ण तालिम भएको भन्दै बोल्ने कलाको विकास गर्नु आजको आवश्यकता रहेको बताउनु भयो । तालिमले विद्यार्थीहरुमा सकारात्मक सोचको विकास हुनुका साथै बोल्नेकलाको विकास हुनेमा आफु विस्वस्त रहेको बताउनु भयो । उहाँले तालिमले पालिकाको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले भन्नुभयो,“पालिकाले उद्घोषण तथा व्यक्तित्व विकास तालिमलाई प्राथमिकतामा राखेर कामहरु गर्दै आएको छौँ ,आउदाँ दिनमा पनि संचालन गर्नेछौँ।”
पालिकाले पहिलो चरणमा बुद्ध माविमा र दोस्रो चरणमा महेन्द्र उच्च मावि छतिवनमा संचालन हुनेछ पालिकाले जनाएको छ । सो तालिममा बुद्धमाविका प्रार्चाय प्रेम बहादुर बोम्जन, विद्यालयका लेखापाल श्याम दाहाद, हजुरको खबरका सम्बादाता कृष्ण सुनार लगायतको आथित्यता रहेको थियो ।







