खोलाले बगाएर बेपत्ता युवकको शव भारतमा भेटियो

छहारी संवाददाता
कार्तिक ११, २०७८

सप्तरीको जीता नदीमा एकसाताअघि आएको बाढीमा डुबेर बेपत्ता भएका युवकको शव भारतमा भेटिएको छ ।

लगातारको बर्षाका कारण जीता नदीमा आएको बाढीमा डुबेर हनुमानगर कंकालिनी नगरपालिका ९ बस्ने २३ बर्षीय लालु मण्डल ३ कात्तिकमा वेपत्ता भएका थिए ।

सोही नगरपालिकाको वडा नम्बर १४ स्थित जीता खोलाले बगाउँदा वेपत्ता भएका मण्डलको शव भारतको कुनौलीमा पर्ने जीता नदीमै फेला परेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार शव केही सडेको अवस्थामा भेटिएको छ । शवको मुचुल्कासहित कानुनी प्रक्रिया भारतमै पूरा गरिने उनले बताए । कानुनी प्रक्रिया पूरा भएपछि शवलाई नेपाल ल्याउनका लागि पहल भइरहेको उनले बताए ।

साथी संजिव कुमार मण्डलसँगै उनी तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जिता खोला तर्न लागेका थिए । सोही क्रममा दुवैलाई खोलाले बगाएको थियो । बगाएपछि संजिव खोला तर्न सफल भएका थिए भने लालुलाई खोलाले बगाएको थियो । स्रोतः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*