३ किलो ४७० ग्राम चरेस र १८० ग्राम गाँजा कारोबारी मकवानपुरका २ सहित तीनजना पक्राउ
काठमाडौं प्रहरीले ३ किलो ४७० ग्राम चरेस र १८० ग्राम गाँजा कारोबार गरेको आरोपमा मकवानपुरका २ सहित तीनजना पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका घर भइ हाल ललितपुर महालक्ष्मीस्थान बस्दै आएका २८ वर्षीय विवेक रुम्बा, मकवानपुरको कैलास गाउँपालिका १ घर भइ हाल काठमाडौंको बालाजुस्थित बोराटार बस्दै आएका १९ वर्षीय युवराज स्याङबो र काठमाडौं महानगरपालिका ३२ जडिबुटी घर भएका ३४ वर्षीय अबिनास राज भण्डारीलाई पक्राउ गरेको जनाएको छ ।
काठमाडौंको नरेफाटस्थित धमला दुध डेरी अगाडि सडकखण्डमा लागू औषध विक्रि वितरण गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । स्रोतः अनलाइन खबर ।







