मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण गुप्ता अग्रवाल निर्वाचित

उपाध्यक्षमाः वाणिज्य तर्फ अनिल अग्रवाल, वस्तुगत तर्फ अधिकारी, एसोसियट तर्फ चौलागाई र उद्योग तर्फ रानाभाट विजयी
छहारी संवाददाता
कार्तिक १०, २०७८

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण गुप्ता अग्रवाल विजयी हुनु भएको छ । बुधबार सम्पन्न मतगणना अनुसार अध्यक्षका अर्का प्रतिष्पर्धी राजकुमार न्यौपानेलाई ९१ मत अन्त्रले पराजित गर्दै अग्रवाल विजयी हुनु भएको हो ।

उहाँले १ हजार २४६ मत प्राप्त गर्दा न्यौपानेले १ हजार १५५ मत प्राप्त गर्नु भएको थियो । अध्यक्ष पदका लागि वाणिज्य तर्फको १,५१५ मत, उद्योग तर्फ को ७५३ मत, एशोसिएट तर्फ ११६ मत, र वस्तुगत तर्फ ३१ मत गरी २ हजार ४१५ मत खसेको थियो । यसअघि अग्रवाल वाणिज्य तर्फको उपाध्यक्ष हुनुहुन्थ्यो भने न्यौपाने संघको पूर्व अध्यक्ष रहिसक्नु भएको छ ।

यसैबीच, मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी हुनु भएको छ । अग्रवाल ६ सय ७२ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी राम प्रसाद न्यौपानेले ६ सय १८ मत प्राप्त गर्नु भएको थियो ।

यस्तै वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी र एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं विजयी हुनु भएको छ । वस्तुगत तर्फ अधिकारीले १८ मत प्राप्त गरी विजयी हुनु भयो भने उपाध्यक्ष पदका अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गर्नु भएको छ ।

यस्तै एसोसियट उपाध्यक्षमा उज्वल चौलागाईले ६३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने अर्का उम्मेदवार विष्णु खनालले ५० मत प्राप्त गर्नु भएको छ । यस्तै उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिंह रानाभाट विजयी हुनु भएको छ । रानाभाटले ३ सय ७० मत प्राप्त गरी विजयी हुनु भयो भने उपाध्यक्षका अर्का उम्मेदवार प्रतिमा श्रेष्ठले ३ सय १९ मत प्राप्त गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*