मउवासंघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी,
मकवानपुर उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी हुनु भएको छ ।
केहिबेर अघि सार्वजनिक भएको मतपरिणाम अनुसार अग्रवालले ६ सय ७२ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी राम प्रसाद न्यौपानेले ६ सय १८ मत प्राप्त गर्नु भएको छ ।
यसैगरि सदस्यहरुमा कुल प्रसाद चौलागाई,अनिल भक्त श्रेष्ठ, दिवश पराजुली, नेत्र प्रसाद खतिवडा, माधव ज्ञवाली, विकेशलाल श्रेष्ठ र सुदर्शन खरेल,मनहरी आरक्षणमा कृष्णहरी बर्तौला,महिला आरक्षणमा निलम वैद्य विजयी हुनु भएको छ ।
यसैबीच, मकवानपुर उद्योग वाणिज्यसंघको वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी र एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं विजयी हुनु भएको छ । वस्तुगत तर्फ अधिकारीले १८ मत प्राप्त गरी विजयी हुनु भयो भने उपाध्यक्ष पदका अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गर्नु भएको छ ।

यस्तै एसोसियट उपाध्यक्षमा उज्वल चौलागाईले ६३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने अर्का उम्मेदवार विष्णु खनालले ५० मत प्राप्त गर्नु भएको छ । त्यसैगरी एशोसिएट सदस्यमा अंकिता सुमार्गी, गणेशप्रसाद भेटुवाल, राजाराम कार्की र दिपक उप्रेती निर्वाचित हुनु भएको छ ।








