मउवा संघको उद्योग तर्फको उपाध्यक्षमा रानाभाट विजयी
मकवानपुर उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिंह रानाभाट विजयी हुनु भएको छ ।
मंगलबार भएको निर्वाचनमा रानाभाटले ३ सय ७० मत प्राप्त गरी विजयी हुनु भयो भने उपाध्यक्षका अर्का उम्मेदवार प्रतिमा श्रेष्ठले ३ सय १९ मत प्राप्त गर्नु भएको थियो । यस्तै उद्योग तर्फको सदस्यहरुमा रुपकराज दाहाल ४ सय ६७, श्रीकृष्ण कर्माचार्य ४ सय २३, सन्तोषकुमार अर्याल ३ सय ५३ र नरेन्द्र भण्डारी ३ सय ६२ विजयी हुनु भएको छ ।
सदस्य पदका अन्य प्रत्यासीहरु दीपक शिवाकोटी ३ सय ३९, भुपेन्द्रप्रसाद अधिकारी ३ सय ३२, हरिप्रसाद ढकाल २ सय २३ र ज्ञानेन्द्र बर्तौलाले २ सय ६९ मत प्राप्त गर्नुभयो । यस्तै उद्योग सदस्य महिला आरंक्षण तर्फ सितादेवी भेटुवाल ३ सय ७९ मत प्राप्त गरी विजयी हुँदा अर्का प्रत्यासी उम्मेदवार मेनका श्रेष्ठले ३ सर २८ मत प्राप्त गर्नुभयो । उद्योगमा ८ सय ९० मतदाता मध्ये ७ सय ५३ मत खसेको थियो ।







