रौतहटमा वेवारिसे अवस्थामा शव फेला
रौतहटमा वेवारिसे अवस्थामा शव फेला परेको छ । आज बिहान जिल्लाको राजदेवी नगरपालिका–४ स्थित बागमती खोलाको बगरमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ५०/५५ वर्षिय पुरुषको शव सडेर दुर्गन्धित अवस्थामा पानीमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । मृतकको नाम, थर, वतन खुल्न नसकेको प्रहरीको भनाई छ ।
घटनास्थल तथा लास जाँच मुचुल्का समेतको कार्य पुरा गरेर शव पोष्टमार्टमको लागी गौर अस्पतालमा लगिएको छ । प्रहरीले शवको सनाखत हुन नसकेकोले पहिचान गर्न सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय, रौतहटको मोबाईल नम्बर ९८५५०४०९९९, १०० मा सम्पर्क गर्ने वा उपस्थित भई सनाखत गरिदिनको लागि आग्रह समेत गरेको छ ।







