बारामा साढे ७ किलो चरेससहित महिला पक्राउ

छहारी संवाददाता
कार्तिक ७, २०७८

प्रहरीले ७ किलो ५०० ग्राम लागूऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–४ बस्ने ४१ वर्षिय लालशा देवी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

शुक्रबार बिहान प्रहरी चौकी मटिअर्वा बाराबाट खटीएको प्रहरी गस्ती टोलीले कलैया उपमहानगरपालिका–१० स्थित नेपाल भारत सिमाना नजिकबाट उनलाई पक्राउ गरेको हो ।

प्रहरीले रौनियारलाई कम्मर तथा दुबै तिघ्राको भागमा १४ पोकामा सो चरेस लुकाई छिपाई नेपालबाट भारततर्फ गइरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । उनलाई चरेससहित नियन्त्रणमा लिई थप अनुस्न्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*