भरुवा बन्दुक खेलाउने क्रममा गोली लागेर बालककाे मृत्यु

छहारी संवाददाता
कार्तिक ६, २०७८

मुगु- घरमा राखेको भरुवा बन्दुक खेलाउने क्रम गोली लागेर मगुमा एक बालकको ज्यान गएको छ।

खप्तड गाउँपालिकाका अन्दाजी १० वर्षीय बालक विकाश रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए।

शुक्रबार दिउँसो करिब पाँच बजेतिर विकाश दुई जना साथीहरुसँग खेल्दै परे रावलको घरमा पुगेका थिए। रावलको घरमा रहेको बन्दुक एक अर्काले खोसाखोस गर्दा गोली चलेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट सइको नेतृत्वमा ९ जना प्रहरीको टोली त्यसतर्फ लागेको छ। साभारः देशसञ्चार डटकम ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*