भारतसहित विश्वका ११ देशलाई जलवायु परिवर्तनले सबैभन्दा धेरै प्रभाव पार्ने : प्रतिवेदन

छहारी संवाददाता
कार्तिक ६, २०७८

अमेरिकाको एक संस्थाले भारत लगायत विश्वका ११ देशलाई जलवायु परिवर्तनले सबैभन्दा धेरै प्रभाव पार्ने जनाएको छ ।

अमेरिकाको अफिस अफ नेशनल इन्टेलिजेन्स (ओडीएनआई) को प्रतिवेदन अनुसार यी देशहरुलाई जलवायु परिवर्तनले निम्त्याएको परिस्थितिसँग लड्न धेरै मुस्किल हुने जनाइएको छ ।

ओडीएनआईले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भारत, पाकिस्तान, अफगानिस्तान, म्यानमार, इराक, उत्तर कोरिया, ग्वाटेमाला, हाइटी, होन्डुरस, निकारागुवा र कोलम्बिया चिन्ताजनक देशको श्रेणीमा रहेका छन् । यस्तै जलवायु परिवर्तनको मारमा पर्ने देशमा भारत, अफगानिस्तान र पाकिस्तान ‘संवेदनशील देश’ को सूचीमा रहेका छन् ।

प्रतिवेदनका अनुसार यी देशहरुले जलवायु परिवर्तनको असरसँग लड्ने तयारी गरेका छैनन् । ओडीएनआईका एक अधिकारीले बढ्दै गएको तापक्रम र पानीको कम उपलब्धता र अप्रभावकारी सरकारको कारणले अफगानिस्तानको स्थिति खासगरी चिन्ताजनक अवस्थामा रहेको बताएको समाचार संस्था  रोयटर्सले उल्लेख गरेको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*