स्रोत नखुलेको भारतीय रुपैयाँसहित रौतहटबाट एक जना पक्राउ

छहारी संवाददाता
कार्तिक ५, २०७८

प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार शिवहर वेलवाघाट–५ बस्ने २२ वर्षिय सुशिल कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

बिहीबार दिउँसो सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरी गस्ती टोलीले ईशनाथ नगरपालिका–१ बन्जरहा स्थित बकैया खोलाको बाँधबाट पक्राउ गरेको हो । सो स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका साहको साथबाट प्रहरीले १ लाख ८० हजार भारतीय रुपैयाँ फेला पारेको हो ।

प्रहरीले सो रकमसहित उनलाई पक्राउ गरि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*