ठगी आरोपमा दलित जनजाती उथान केन्द्र बाराका प्रोग्राम कोर्डिनेटर पक्राउ

छहारी संवाददाता
कार्तिक ५, २०७८

कोभिड–१९ ले अप्ठ्यारोमा परेका महिलाहरुको रकम ठगी गरेको आरोपमा प्रहरीले ठगी गरेको आरोपमा दलित जनजाती उथान केन्द्र, कलैया, बाराका प्रोग्राम कोर्डिनेटरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका–१ बस्ने २४ वर्षिय बिकेश जयसवाल रहेका छन् । मानविय सहायतास्वरुप युएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौरमार्फत पठाएको रकम निकाल्न गएका महिलाहरुलाई उनले ठगी गरेको आरोप छ ।

उनले कार्तिक १ गते ती महिलाहरुसँग ३ हजार÷३३ सय दरले अवैध रुपमा रकम उठाई ठगी गरिरहेको भन्ने प्राप्त सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले सोही प्रभु बैंकको गेट अगाडी जयसवाललाई फेला पारी खानतलासी गर्दा आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको ६० हजार ७ सय रुपैयाँ फेला परेको हो । सो रकमसहित उनलाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट म्याद थप लिएर अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*