मौसम अपडेट
देशभर आजदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको र भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ठूलो वर्षाको सम्भावना नरहेको हो ।
अधिकांश स्थानमा घाम लाग्ने र हल्का वर्षा हुने जनाइएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







