थानकोटमा पल्टियो ग्यास ट्यांकर, सडक अवरुद्ध

छहारी संवाददाता
कार्तिक २, २०७८

थानकोटमा ग्याँस ट्यांकर दुर्घटना भएको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेपछि सडक अवरुद्ध भएको छ ।

अहिले सयौं सवारीसाधन बीच बाटोमा नै रोकिएको थानकोट प्रहरीले जनाएको छ ।

गएराती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।

बाटो खुलाउने प्रयास भइरहेको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ ।स्रोत नेपाल खोज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*