साढे २१ लाख भन्दा बढीको आवेदन मध्य भोटेकोशीमा

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आइतबार साँझसम्ममा साढे २१ लाख भन्दा बढीको आवेदन परेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार २१ लाख ५९ हजार २६ आवेदकबाट ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याएको ८१ लाख ९० हजार कित्ता ४.०३ गुणा बढी हो ।
कम्पनी असोज २० गते बुधबार देखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गेरको शेयरमा भोलि असोज २५ गतेसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविक ( बाह्रबिसे नगरपालिका ५, मामिङ गाविस (भोटेकोशी गाँउपालिका) मा रन अफ रिभरमा आधारित १०२ मेगाबाट क्षमताको मध्य मोटेकोशी जलविद्युत आयोजनाको निर्माण गररहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ६० करोड रुपैयाँ र सर्वसाधारणलाई ९० करोड रुपैयाँ गरी एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ ।