चोरीको मोटरसाइकलसहित वीरगंजबाट ३ जना पक्राउ

छहारी संवाददाता
अशोज २३, २०७८

पर्सा । चोरीका मोटरसाईकलसहित प्रहरीले वीरगंज महानगरपालिका–२ छप्कैयाबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २४ वर्षिय अरमान देवान, ३० वर्षिय सदाम अन्सारी र २७ वर्षिय सहमत अन्सारी रहेका छन् ।

शुक्रबार दिउँसो वीरगञ्ज–१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज–१५ बस्ने विवेक कुमार यादवको ना. ४८ प.९३६९ नम्बरको मोटरसाइकल चोरी भएको भनी सुचना प्रहरीलाई प्राप्त भएको थियो । सोही सुचनाको आधारमा मोटरसाईकल खोजतलासका लागि प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले मोटरसाईकलसहित तीनै जनालाई पक्राउ गरेको हो ।

मोटरसाइकलसहित चोरीमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*