नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा ध्यान केन्द्रित हुनेछ : मन्त्री खतिवडा

छहारी संवाददाता
२३ आश्विन २०७८, शनिबार ००:०५

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।

नवनियुक्त मन्त्री खतिवडाले अनियमितता, भ्रष्टाचारलगायतका कुरालाई अन्त्य गर्न कामै गरेर देखाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

आज शुक्रवार बेलुकी सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटले देखाएका कामहरूलाई समयमै सम्पन्न गर्ने काममा पनि आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

नवनियुक्त मन्त्री खतिवडाले भन्नुभयो, ‘नेपाललाई कोरोनामुक्त बनाउने अभियानमा हामी सबैभन्दा बढी ध्यान केन्द्रित गर्छाैँ ।

उहाँले सत्तारुढ गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समग्रमा आफ्नो कामलाई अघि बढाउने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*