मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री देउवा, अपराह्न ४ बजे शपथ गर्ने तयारी

छहारी संवाददाता
२२ आश्विन २०७८, शुक्रबार ०८:३४

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । गठबन्धनमा बिहीबार बनेको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । मन्त्रीको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ । त्यसअघि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री हुनेको नाम टुंग्याउँदैछन् ।

बालुवाटारमा बिहीबार भएको सहमितअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन् । प्रधानमन्त्री बनेको तीन महिना बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*