पर्सामा हुण्डीको रकमसहित भारतीय पक्राउ

छहारी संवाददाता
अशोज २१, २०७८

पर्सा । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट हुण्डीको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य ग्राम पञ्चायत रक्सौल-४ बस्ने २५ वर्षिय सुजित कुमार गुप्ता रहेका छन् ।

बुधबार अपरान्ह प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको नियमित चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर २२ ई २७६३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा सवार गुप्ताको साथबाट श्रोत नखुलेको नेपाली ३ लाख ७८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

उक्त रकम र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*