कलैयामा ६५ जनाद्धारा रक्तदान

छहारी संवाददाता
अशोज २०, २०७८

बारा । सकारात्मक युथ सोसाईटी कलैया र विश्व हिन्दु युवा संघको संयुक्त आयोजनामा कलैयामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा आज सम्पन्न कार्यक्रममा २ महिलासहित ६५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले रक्तदान पुण्यको काम भएकोले सबैलाई रक्तदानका कार्यक्रममा सहभागी हुनुपर्ने बताएका छन् । उनले रगतको अभावमा कोही कसैले अकाल मै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले हुने रक्तदान कार्यक्रमले धेरैको जीवन बचाउने उल्लेख गरे । यस्ता कार्यक्रमहरु निष्पक्षरुपमा समाजको भलाईका लागि हुने भएको उल्लेख गर्दै उनले यस्तो खाले कार्यक्रममा स्थानिय सरकारले पनि सहयोग गर्नुपर्ने खाँचो औल्याए ।

न्यु दुर्गा टेन्ट हाउस, भुमिका अफसेट प्रेस, प्राईम लाईफ ईन्स्योरेन्स, मनिष स्वीट्स हाउस र सिद्ध सिदार्थ स्वीट्सको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।

विश्व हिन्दु संघ बाराका अध्यक्ष सागर पटेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाही ठकुरी, सशस्त्र प्रहरी १२ नम्बर गणका प्रहरी उपरीक्षक रविनराज कर्णजित, सकारात्मक युथ सोसाईटी, बाराका अध्यक्ष मनिष प्रसाद यादवको विशिष्ट आतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । कार्यक्रम सकारात्मक युथ सोसाईटीका दिलिप कुमार कुशवाहाले संचालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*