बारामा करेन्ट लागेर एक जनाको ज्यान गयो
छहारी संवाददाता
अशोज २०, २०७८
बारा । महागढीमाई नगरपालिका–८ ब्रम्हपुरीमा करैन्ट लागेर एक जनाको ज्यान गएको छ । आज बिहान सोही स्थान बस्ने अन्दाजी ४५ वर्षिय रामेश्वर महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बारीमा रहेको पानी तान्ने मोटरमा जडान गरेको तारबाट उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाईते भएका उनलाई जिल्ला अस्पताल कलैया ल्याउने क्रममा मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिए ।







