लागुऔषध गाँजासहित पर्साबाट एक जना पक्राउ

छहारी संवाददाता
अशोज २०, २०७८

पर्सा । प्रहरीले कालिकामाई गाउँपालिका–१ मुर्लीबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने ३० वर्षिय लोकराज पटेल रहेका छन् ।

सोमबार साँझ मुर्लीस्थित ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । शंकित रुपमा हिँडिरहेका पटेललाई रोकेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट प्रहरीले २ के.जी. गाँजा फेला परेको जनाएको छ ।

उक्त गाँजासहित पक्राउ परेका उनीविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*