नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन मुख्यमन्त्री राउतको आग्रह

छहारी संवाददाता
अशोज २०, २०७८

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा प्रदेश २ प्रदेश प्रहरी कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री राउतले आन्तरिक सुरक्षाको जिम्मेवारी प्राप्त नेपाल प्रहरीको भूमिका सराहनीय रहेको उल्लेख गर्दै आफ्नो भूमिकालाई अझ प्रभावकारी बनााउन आग्रह गरेका हुन् ।

कर्तव्य पालनाको क्रममा शहादत प्राप्त नेपाल प्रहरीका जवान एवं अधिकृतहरुप्रति श्रद्धासुमन अर्पण गर्दै मुख्यमन्त्री राउतले प्रहरी संगठनलाई थप चुस्त दुरुस्त बनाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे । प्रदेश सरकार प्रदेशको आन्तरिक शान्ति सुरक्षाको लागी नेपाल प्रहरीसँग समन्वय गर्दै नेपाल प्रहरीलाई थप सशक्त बनाउन स्थापना कालदेखी नै सहयोग गर्दे आएको समेत उल्लेख गरे ।

प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कुमारी कर्णसहितले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा शहिद प्रहरी परिवार , सहयोगी संघ संस्था एवं व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*