बारामा ट्रयाक्टरको ठक्करबाट साईकलयात्रीको मृत्यु
छहारी संवाददाता
अशोज २०, २०७८
बारा । आदर्शकोतवाल गाउँपालिका–५ बिर्ताटोलमा ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
तामागढी सिम्रौनगढस्थित भित्री सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट सोही वडा टेढाकटृी टोल निवासी २२ बर्षिय शेख अबुलेशको मृत्यु भएको जिल्ला प्रहरी कायाएलय, बाराले जनाएको छ ।
हिजो बेलुका कोल्हवीबाट हरनैया तर्फ आउदै गरेको ना. ६ त. ३३९० नम्बरको ट्रयाक्टरले बिपरीत दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिँदा अंसारीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक रौतहटको बौद्धीमाई नगरपालिका–१ पिपरीया टोल बस्ने ३२ बर्षिय कमरुल अंसारीलाई ईलाका प्रहरी कार्यालय च्युटाहाले नियन्त्रणमा लिएको छ ।







