लागूऔषध गाँजासहित १ जना पक्राउ

छहारी संवाददाता
अशोज १९, २०७८

बारा । जीतपुरसिमरा उपमहानगरपालिका-२० स्थित बसडिल्वा गाउँबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थान बस्ने ४७ वर्षिय ईसराईल मिंया अंसारी रहेका छन् ।

उनले आफ्नै घरमा अबैध लागूऔषध गाँजा लुकाई छिपाई राखिरहेको भन्ने विशेष सुचना प्राप्त भएको थियो । सोही सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले गएराती उनलाई पक्राउ गरेको हो ।

उनको घरमा खानतलासी गर्दा प्रहरीले खाँटमुनि लुकाई राखेको ११ के.जि.अबैध लागूऔषध गाँजा फेला परेको जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*