खैरो हिरोइन लगायत लागूऔषधसहित बाराबाट ४ जना पक्राउ

छहारी संवाददाता
अशोज १९, २०७८

बारा । निजगढ नगरपालिका-७ माझिटोलबाट खैरो हिरोइन लगायत अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही वडा बस्ने २९ वर्षिय लोक बहादुर राना मगर, ३१ वर्षिय रवी तामाङ, वडा नम्बर ६ बस्ने ३४ वर्षिय दिनेश थापा र ४५ वर्षिय मेघराज तिमल्सिना छन् ।

सोमबार साँझ लोक बहादुरले आफ्नो घरमा लागूऔषध बिक्री बितरण गरिरहेको छ भन्ने सुचना प्राप्त भएको थियो । सोही सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा लागुऔषध फेला परेको हो ।

प्रहरीले उनको घरबाट डाइजोपाम, नुर्फिन, फेनार्गन २८/२८ पिस र लागूऔषध खैरो हिरोइन १ ग्राम २० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा अन्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*