मुस्कानको उपचारमा महानगरका मेयर सरावगीद्वारा २ लाख सहयोग

छहारी संवाददाता
अशोज १९, २०७८

पर्सा । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले मुस्कान खातुनको उपचारका लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् । एसिड प्रहारबाट घाइते भएकी खातुनको उपचारका मेयर सरावगीले ‘मेयर कल्याणकारी कोष’ बाट उक्त रकम सहयोग गरेका हुन् ।

मेयर सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट सो कोषको स्थापना गरेका हुन् । एसिड प्रहारबाट घाँटी, पेट र छातीमा घाउ भएकी खातुनको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । उनको उपचारका लागि आर्थिक अभाव भएपछि मेयर सरावगीले उक्त रकम सहयोग गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*