बारामा बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु

छहारी संवाददाता
अशोज १९, २०७८

बारा । बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । सोही स्थान बस्ने मैनोद्दिन मियाँको २ वर्षिय छोरी आयश खातुनको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।

सोमबार बिहान पौने ११ बजे घरमै बाल्टिनमा रहेको पानीमा उनी डुबेकी थिइन् । उनकी आमाले बालिकालाई डुबेको देखेपछि निकालेर तत्कालै अस्पतालतर्फ लैजाँदै गर्दा बाटो मै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*