निशुल्क मुटुरोग शिबिर संचालन,उपचार गर्न आउनेहरुको भिड

ओम् फुयाल(अनिश आयु बाबा)
१६ आश्विन २०७८, शनिबार १८:४९

हेटौंडा अस्पतालमा निशुल्क मुटुरोग शिबिर संचालन भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाण्डौका मुटुरोग बिशेषज्ञबाट आज शिबीर सञ्चालन गरिएको हो उक्त कार्यक्रममा रोटरी क्लब हेटौडा र रोट्राक क्लब अफ हेटौडाले सहयोगीको भूमिका निर्वाह गरेको थियो । हेटौंडामा मुटुरोगका डाक्टर नभएपछी शिबिर मार्फत बिरामीलाई सेवा दिइएको हो ।

मुटुका बिरामीले उपचार गराउनका लागि काठमाण्डौं, भरतपुर जानुपर्ने समस्या अहिले हटेको छ । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आयोजनामा शिबीर भइरेको छ । शिबीरमा मकवानपुरको गाउँगाउँबाट बिरामी जाँच गर्न आउनेहरु धेरै रहेका छन् ।

मुटुरोग सम्वन्धी ७ जना बिशेषज्ञ डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले शिबीरमा आएका करिब पाँच सय जनालाई उपचार गर्ने लक्ष्य लिर्र्ईएको छ । मुटुरोगको परिक्षणसंगै ल्याबमा परिक्षण, औषधि समेत निशुल्क उपलब्ध गराइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*