दोश्रो दिन वडा नम्बर १५ मा दशैं कप टोल स्तरिय फुटबल प्रतियोगिता

जाते र सम्बृद्धी फूटबल टिम बिजयी
छहारी संवाददाता
१४ आश्विन २०७८, बिहीबार २२:०२

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा दशैं कप टोल स्तरिय फुटबल प्रतियोगितामा आज दुई वटा खेल सम्पन्न भएको छ । श्री शक्तिश्वरी युवा क्लव र १५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा टोल विकास स्तरीय प्रतियोगिता आयोजना भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित बागमती प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रातेमाटेको खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा जाते टोलले पनेश टोल विकासलाई १–० गोलको फराकिलो अन्तर हराएको हो ।

जाते टोलको लागी जर्सी नम्बर ३० का सुशन लामाले १ गोल गरेका हुन् । सुसान लामाले गरेको गोल जाते टोल विकासका लागि निर्णायक गोल बन्नो र खेलमा उत्कृष्ट प्रर्दशन गर्दै गोल गरेका जाते टोल विकासका सुशन लामा म्यानअफ द म्याच घोषित भए ।

त्यस्तै आजै भएको दोस्रो खेलमा सम्बृद्धी टोलले खुसी टोल विकासलाई ३-२ गोलको फराकिलो अन्तर हराएको हो । सम्बृद्धी टोलको लागी जर्सी नम्बर ७ का दोर्जे रुम्बा ,जर्सी नम्बर ११ का सुमन गोले र जर्सी नम्बर ९ का सुनिल मुक्तान एक-एक गोल गरेका थिए र खुसी टोलको लागी जर्सी नम्बर ९ का सन्तोश लामाले दुई गोल गरेपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । खेलमा उत्कृष्ट प्रर्दशन गरेका सम्बृद्धी टोल विकासका दोर्जे रुम्बा म्यानअफ द म्याच घोषित भए । प्रतियोगितामा वडाका १८ वटा टोल विकास समितिको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ट्रफि सहित ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने श्री शक्तिश्वरी युवा क्लबका अध्यक्ष एस।के लामाले जानकारी दिए । विधागत उत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित प्रमाण पत्र प्रदान गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*