थाहा नेपाल डटकमको शुभारम्भ

ओम् फुयाल(अनिश आयु बाबा)
१४ आश्विन २०७८, बिहीबार १९:५५

बागमती प्रदेशको राजधानी हेटौँडामा नयाँ अनलाइन पोर्टल थाहा नेपाल डट कमको शुभारम्भ भएको छ । आज एक कार्यक्रमको आयोजना गरि पुर्व स्वास्थ्य एवम् शिक्षा,विज्ञान प्रविधि मन्त्री र नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा स्कुल विभाग प्रमुख गिरिराज मणी पोखरेलले उद्घाटन गर्नु भएको हो ।

हरेक विषयमा जिम्मेवार तथा गहन सन्तुलित खबर र समाचार सम्प्रेषण गर्ने उद्देश्यका साथ थाहा नेपाल डटकमको शुरू गरिएको अनलाईन डटकमका अध्यक्ष सुनिल खड्काले बताउनु भयो । सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले कार्यक्रममा थाहा नेपाल डटकमलाई शुभकामना र शुभेच्छा, व्यक्त गर्नुभएको थियो । साथै जिल्लाबाट बिगत १८ बर्षदेखि नियमित प्रकाशित भइरहेको निकास साप्ताहिक र र्सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जको बार्षिक उत्सव कार्यक्रम समेत शुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*