बागमती खोलामा महिलाको शव फेला
काठमाडौँको बानेश्वरमा एक महिलाको शव फेला परेको छ।
बिहीबार बिहान बानेश्वर क्याम्पस नजिकै बागमती खोलामा महिलाको शव भेटिएको हो। बिहान साढे ६ बजेतिर स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बानेश्वर प्रहरी टोली गएर शव निकालेको छ। महिलाको पहिचान हुन सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साभारः देशसञ्चार डटकम ।







